मनोज मोरबैता,जनकपुरधाम : नव गठित जनमत पार्टीका अध्यक्ष डा.सीके राउत मुख्यवक्ता रहने बुद्ध जयन्तीको अवसरमा भोलि शनिबार अन्तरक्रिया हुने भएको छ।

विद्यार्थी जनमत संघको आयोजनामा भोलि जेठ ४ गते शनिबार जनकपुर स्थित उद्योग वानिज्य संघको सभा हलमा “राजनीति र समाजिक परिवर्तनमा युवा विद्यार्थी नेतृत्वको भुमिका र अवस्था ” विषयक अन्तरक्रिया विहान ११ बजेदेखि सुरु हुने जनाइएको छ।

जनमत विद्यार्थी संघले दिएको जानकारी अनुसार अन्तरक्रियाको सुरुमा डा.सीके राउतले आफ्नो मनतव्य राख्ने कार्यक्रम तय भएको हो।

स्रोतका अनुसार उक्त अन्तरक्रियामा जनकपुरमा रहेको सबै शिक्षक ,युवा , विद्यार्थीहरुलाई विशेष गरी सहभागी हुन आह्वान गरिएको छ।