1. जनकपुर ।१३ मंसिर ।स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई एकपछि अर्को पक्राउ पुर्जी दिइँदै आएको छ ।

एउटै मुद्दामा पटक पटक पक्राउ र रिहा हुँदै आएका छन् डा. राउत । उनी विरुद्ध अहिलेसम्म कुनै पनि ठोस प्रमाण प्रहरीले अदालतमा पेस गर्न सकेको छैन ।

जसरी पनि डा.राउतलाई हिरासतभित्रै राखिराख्ने प्रहरीको योजना रहेको अहिलेसम्मको गतिविधिले प्रष्टिँदै गएको छ ।
गत असोज २१ गते रौतहटबाट पक्राउ परेका राउतलाई पटकपटक अदालतमा उपस्थित गराउँदै आएको छ तर, कुनै फैसला हुन सकेको छैन ।

यता, रौतहट प्रहरीको हिरासतभित्रै रहँदा नवलपरासी प्रहरी पनि असोज २७ गते पक्राउ पुर्जी जारी गरेको हो । जबकि असोज २७ गते डा. राउत हिरासतभित्रै थिए ।

यता, बन्दीप्रत्यक्षीकरणको मुद्दामा पटक पटक तारिखमात्रै सारिँदै गइरहेको छ भने प्रहरीले कुनै ठोस प्रमाण अदालतमा प्रस्तुत नगर्दा रिहा हुने देखिएपछि नवलपरासी प्रहरीद्वारा पक्राउ पुर्जी जारी गरिएको गठबन्धनका एक नेता बताए ।

चौथो पटक सर्यो पेसि स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको बन्दी प्रत्यक्षिकरण मुद्दाको पेशी चौथो पटक सरेको छ ।

सरकारी पक्षले सर्वोच्च अदालतलाई प्रमाण उपलब्ध नगराउँदा आदेशको पेशी सरेको हो । बिहीबार पनि राउत विरुद्धको प्रमाण भनिएको पेन्ड्राइभ उपलब्ध नगराउँदा पेशी सरेको हो ।
डा.राउतका दाई जयकान्त राउतले कार्तिक १३ गते मुद्दा दर्ता गराएका थिया । कार्तिक १४ गते बाटो म्याद बाहके ५ दिनभित्र सशरिर उपस्थित गराउन आदेश दिएको थियो ।

तर तोकिएको मितिमा उपस्थित नगराई कार्तिक ३० गते शुक्रवार राउतलाई सर्वोच्चमा उपस्थित गराइएको थियो । रौतहट जिल्ला अदालतले कागजात उपलब्ध नगराउँदा पेशी सरेको थियो ।

बन्दी प्रत्यक्षिकरण मुद्दालाई प्राथमिकता राख्ने प्रचलन भएपनि सरकारी पक्षले नै अवमूल्यन गरेको डा.राउत पक्षका अधिवक्ताहरुको भनाई छ ।

डा.राउतलाई असोज २१ गते जिल्ला अदालत रौतहटमा तारेख लिने क्रममा प्रहरीले पक्राउ गरेको थियो । बुधवार पुनः लगातार नराखी नयाँ पेशी मंसीर १४ गते शुक्रबारका लागि दिएको ।