गौर ।१६ मसिर । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा सि के राउत सगै विगत ५७ दिनदेखि प्रहरी हिरासतमा रहेका ४ जना कार्यकर्तालाई आज (आईतबार) रिहा भएको छ ।

झण्डै २ महिनादेखि प्रहरी हिरातमा रहँदै आएका स्वतन्त्र मधेश गठबन्धनका ४ जना कार्यकर्ताहरुलाई पनि गत असोज २१ गते रौतहट जिल्ला अदालत परिसरबाट पक्राउ गरिएको थियो ।
डा. राउत सहित उनीहरु उपर समेत राज्य विरुद्धको विप्लव मुद्दामा अनुसन्धानको क्रममा प्रहरीले हिरासतमा राख्दै आएको थियो । उनीहरुको पक्षमा बन्दीप्रत्यक्षिकरणको रिट परेपछि त्यस उपर सुनुवाई भएपछि उनीहरुलाई आज साधारण तारेखमा रिहा गरिएको गठबन्धनका युवा नेता ॐ प्रकाश साहले जानकारी दिए ।

राजविरुद्ध संगठनिक अपराधको मुद्दामा असोज २१ गते रौतहट जिल्ला अदालत परिसरबाट ४ वर्षिय छोरी सहित डा. सि के राउत पनि गिरफ्तार भएका हुन र अहिले पनि प्रहरी हिरासतमा रहेका छन् ।

आईतबार अदालतले अशोक सिहं, विरेन्दर शाह, दिनेश लाल यादव र जय प्रकाश शाह ( जे पि )लाई साधारण तारेखमा रिहा गरेको हो । उनीहरुलाई रिहा गरिएलगत्तै गठबन्धनको कार्यकर्ताहरुमा खुसीयाली छाएको गठबन्धनका युवा नेता साहले बताए ।

यसका साथै आज डा. सिके राउतको रिट उपर सर्वोच्च अदालतमा बहस भएको छ । बहस डा. राउतको पक्षमा भएको तथा सरकारी वकिलले बहस नगरेपछि भोली सोमबारको लागि पेशीलाई पछि हेर्दा हैर्दैमा राखिएको छ ।

सोमबार डा. राउत रिहा हुने अनुमान गरिएको छ ।