जनकपुरधाम ।१८ मसिर।जनकपुरधाम उपमहानगरपालिका वाड न -७ जानकीनगरमा जिउँदै बेबारिसे अवस्थामा झाडीमा फालिएकाे शिशु (छाेरी) लार्इ स्थानीय बासिले उद्धार गरेको छ्न।जनकपुरमा बेबारिसे अवस्थामा झाडीमा फालिएकाे एक शिशुकाे उद्धार गरिएकाे छ ।

मंगलबार दिउँसाे करिब २:३० बजे स्थानीयले झाडीमा फालिएको बेबारिसे अवस्थामा देखेपछि वडा ७ का अध्यक्ष जानकिराम साहलाई खबर गरेका थिए । छोरी जन्मे कै कारण फालिएको हुन सक्ने स्थानीयहरुको अनुमान गरिएको छन ।

बालिकाको मुखभरि किरा परेको र नाइटोमा प्लास्टिक क्लिप समेत लागेको कारण दुर्इ दिन अगानी नै फालिएकाे हुन सक्ने वडा अध्यक्ष जानकिराम साहले जानकारी गराएको छ।

शिशुकाे स्वास्थ्य अवस्था चेकजाँचको लागि प्रहरीको सहयतामा जनकपुर अञ्चल अस्पताल लगिएको वडा अध्यक्ष साहले बताए ।

बच्चा कसले फालेको यकिन हुन सकेको छैन । बच्चा फालिएको हल्ला फैलिएपछि स्थानीयकाे भीड लागेको थियो ।