जनकपुरधाम। १४ मंसिर । नेपाल इन्जिनियर्स एसोसिएसनको चुनाव आगामी मंसिर २८ गते हुन गैरहेकोमा मधेश ईन्जिनियर्स एसोसिएशन तथा मधेशी गठबन्धन प्यानलबाट समेत प्रबल दाबेदारको रुपमा विभिन्न पदमा चार जनाले उम्मेदवारी दिएका छन् ।

मधेश ईन्जिनियर्स एसोसिएशन तथा मधेशी गठबन्धन प्यानलबाट ई.अविनाश कुमार मण्डल प्रदेश नम्वर २ बाट सभापति पदमा उम्मेदवारी दिएका छन् । प्रदेश नम्वर २ को उपसभापति पदमा ई. मनिस प्रसाद केशरी, कोषाध्यक्षमा ई. बुधन यादव र सदस्यमा ई.सफल कुमार साहले उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रेका छन् ।

नेपाल इन्जिनियर्स एसोसिएसनको चुनावमा मधेशको जिल्ला र पश्चिममा रहेको मधेशको जिल्लालाई जोडेर पूर्ण मधेश अर्थात समृद्ध मधेशको सपना साकार पार्नुका साथै आफ्नो पहिचान, स्वाभिमान, आत्मसम्मानको लागि मधेश ईन्जिनियर्स एसोसिएशन तथा मधेशी गठबन्धन प्यानललाई अमुल्य मत दिएर जिताउन मधेश ईन्जिनियर्स एसोसिएशनका अध्यक्ष ई. सञ्जीवनारायण यादवले प्रेस विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।