जनकपुरधाम:मानवजातीको सुख, सम्बृद्वि र शान्तिको लागि जनकपुरधाममा रथयात्रा निकालिएको छन।

पीडारी चोकको इस्कोन मन्दिरबाट सुरु भएको रथयात्रा जनकपुरधामको नगर परिक्रमा गरी ऐतिहासिक दुधमती नदी बसबिट्टीमा शाही स्नान गरी समापन भएको हो ।

रथयात्रामा सहभागी हुन जगन्नाथपुरीबाट सन्त महन्तहरु र विदेशी भक्तहरु पनि आएका थिए । रथयात्रामा रसिया,क्यानाडा,फ्रान्स,लन्डन,ब्राजिल लगायत १० भन्दा बढी देशबाट सहभागी हुन भक्तहरु आएका थिए ।

बुधबार एक दिने कार्यक्रम अन्तर्गत श्री जगन्नाथ विग्रह रथारोहण, प्रमुख अतिथिद्वारा रथयात्रा उद्घाटन, प्रवचन र पूजापाठ गरी समापन गरिएको हो ।