जनकपुरधाम : स्वतन्त्र मधेश गठबन्धनका सप्तरी जिल्ला सँयोजक मधेशि आज धरौटीमा रिहा भएको छ।

११ हजार रुपैयाँ घरौटीमा रिहा भएका जिल्ला सँयोजक सुरेन्द्र मधेशी विगत ५५ दिनदेखि प्रहरी हिरासतमा रहेका थिए भने उनलाई समेत राज्य विरुद्धको संगठित अपराधको मुद्दा लगाइएको हो ।

उनलाई धरौटीमा रिहा गरेपछि स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्ताहरु खुसियाली मनाएका छन् । उनीहरुले सत्यको जीत भएको बताएका छन् ।

यता, २ महिनादेखि प्रहरी हिरासतमा रहेका स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउतको रिटलाई सर्वोच्च अदालतले खारेज गरेपछि पुनः विहिबार रौतहट जिल्ला अदालतमा बहस हुने भएको छ ।

बुधबार दिउँसो राउतको मुद्दामा बयान सकेपछि भोली बिहिबार मँसिर २० गतेको लागि बहस हुने र राउत पनि उपस्थित हुने जनाइएको छ । राउत उपस्थित हुने भएपछि उनका समर्थकहरु समेत मोटो सँख्यामा उपस्थित हुने गठबन्धनका प्रवक्ता अब्दुल खानले जानकारी दिए ।

गत असोज २१ गतेदेखि नै डा. सिके राउत प्रहरीको हिरासतमा रहेको छन् ।