जनकपुरधाम : स्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका विद्यार्थीहरु निरन्तर आन्दोलन गरिरहेका छन । नियमित पठनपाठनको माग गर्दै । यसैबीच उनीहरुले बिहीबार चौथो दिन पनि क्याम्पसमा धर्णामा बसेका थिए।

आफूहरुको भविष्य अन्धकार तर्फ धकेलिएकाले प्रशासनको ध्यानाकर्षणका लागि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्नुपरेको राजपा विद्यार्थी संघका दिनेश यादवले बताए ।

यता क्याम्पसका सहायक प्रमुख रामनरेश ठाकुरले सम्बन्धित बिषयको शिक्षक नभएकाले कक्षा सञ्चालन गर्न कठिनाई भएको बताएका छन ।

विषयगत शिक्षक नभएर पठनपाठन प्रभावित हुँदा पनि क्याम्पस प्रमुख विजय लाल कायस्थले समस्या समाधान गर्न चासो नदेखाएको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

यसअघि उनीहरुले क्याम्पस प्रमुख विजयलाल कायस्थ, विज्ञान बिभागका सहायक क्याम्पस प्रमुख बिरेन्द्र यादव लगायतलाई क्याम्पस प्रमुखको चेम्बर मै थुनेका थिए भने मंगलबार क्याम्पस परिसरमा धर्ना समेत दिएका थिए ।

उनीहरुले क्याम्पस प्रमुखले आफुहरुसँग लिखित सहमती गरेर वार्ता गर्ने सहमति गरेपनि वार्ता नगरेकाले आज पनि राष्ट्रिय विद्यार्थी संघले धर्ना कार्यक्रमलाई निरन्तर दिएको बताएका छन । २४ घण्टा भित्र माग सम्बोधन भएन भने क्याम्पस प्रमुख कै घरमा गएर कालो मसे गरन बाध्य हुने विद्यार्थीहरुले चेतावनी दिएका छन ।