जनकपुरधाम : धनुुषाको बटेश्वर गाउँपालिका -२ स्थित सनसाइन इंंग्लिस बोर्डिङ स्कूलका एक शिक्षकले गृहकार्य नगरेको भन्दै विद्यार्थीहरुलाई कक्षाबाट निकालेर शाैचालय सफा गर्न लगाएका हुन्।

विद्यालयका अंग्रेजी विषयका शिक्षक फ्रयाङ्कीले गृहकार्य गरेर नआएपछि कक्षा ५ का तीन जना विद्यार्थीलाई शाैचालय सफा गर्न लगाएको पीडित विद्यार्थी बसन्त कुमार सिंहले बताए।

‘सरले पाँचवटा होमवर्क गर्न दिनुभएको थियो तर मैले ४ वटा मात्र गरें त्यसैले सरले घण्टी अवधिभरी शाैचालय सफा गर्न लगाउनुभयो’, उनले भने।

अभिभावकलाई धम्की

गत मसिर १९ गते बुधवार अंग्रेजी शिक्षक फ्रयाङ्कीले विद्यार्थीलाई ५ वटा होमवर्क दिएका थिए। त्यसमध्ये वसन्त सिंहले ४ वटा होमवर्क गरेका थिए। यसअघि विद्यार्थीहरु होमवर्क नगर्दा शिक्षकले एकछिन उभ्याएर एक–एक लठी पिट्दै बस्न लगाउँने गरेको वसन्तले बताए।

तर बुधवार वसन्तसँगै कक्षा ५ का शत्रुधन साह, सुदन शर्मालाई समेत अंग्रेजी घण्टी अवधिभरी शौचालय सफा गर्न लगाएको स्थानीय संचारकर्मीसंग बसन्तले गुनासो पोखे। वटेश्वर गाउँपालिका वडा नं. १ का विन्देशवरलाई छोरा वसन्तले विद्यालयबाट फर्केपछि गुनासो गर्दै आँखाबाट आँसु खसाले।

एउटा होमवर्क छुटेपछि शिक्षकले शाैचालय सफा गराएको रुदैँ गनुसो पोखे । छोराले गुनासो पोखेपछि आफु आक्रोसित भएर विद्यालयका प्रअ श्रवण महतालाई फोन गर्दा कुरा बुझेर पछि कुरा गर्छु भन्दै फोन काटेको विन्देशवरले बताए। साँझ ५ बजे विद्यालय पुगेर सरलाइ गुनासो पोख्दा उन्टै हप्काएर फ्रेन्की सरसँगै मिलेर धक्का दिएको उनको भनाई छ।

छोरालाई शिक्षकले अमानवीय व्यवहार गरेको भन्दै विन्देशवरले न्ययायका लागि गुहार लगाउँदै गाउँपालिकाको न्यायीक समिति, गाउँपालिका स्थित प्रहरी कार्यालयमा बिहीवार निवेदन दिएको बताए।

विद्यायका प्रधानाध्यापक श्रवण महतोले आफ्ने विद्यालयलाई बदनाम गर्ने निराधार आरोप भएको बताए। ‘समाजिक विषय अन्तर्गत विद्यार्थीहरुलाई सरसफाईको बारेमा शिक्षकसँगै विद्यार्थीहरुले पनि सरसफाई गरे।’ शिक्षक महतोले भने, आफ्नो विद्यालयलाई बदनाम गर्ने उद्देश्यले आरोप लगाइएको हो।’