प्रहरीले गरे पत्रकार साहमाथि दुर्ब्यवहार

धनुषा । जनता टेलिभिजनका जिल्ला सम्बादाता प्रमोद कुमार साहमाथि दुब्र्यवहार भएको छ । रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका प्रमुख डा.विजयलाल दासमाथि कालोमोसो दलेको विषयमा समाचार संकलन गर्न गएका साहमाथि प्रहरीले नै दुव्र्यवहार गरेका हुन् ।

डिउटीमा गएका प्रहरीले पत्रकार हो भन्दा पनि वेवास्ता गरेर लछारपछार पारेर कपडा समेत च्यातिदिएका छन् ।

पत्रकारमाथि भएको दुर्ब्यवहार भएको बारे धनुषाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी नायव उपरीक्षकको ध्यानाकर्षण गराइएको छ । साहमाथिभएको दुब्र्यवहार प्रति धनुषाका सञ्चार सम्बद्ध संघसंस्थाहरुले आपत्ती जनाएका छन् ।