जनकपुरधाम ।मधेश देश निर्माण अभियान चलाउदै आइरहेका स्वतन्त्र मधेश गठबन्धनका सह सँयोजक प्राध्यापक कैलाश महतोको स्वास्थ्य अवस्था विग्रेको हो ।

जेलको लापरवाहीको कारण प्रध्यापक महतो स्वास्थ्य अवस्था गम्भीर भएको आरोप स्वतन्त्र मधेश गठबन्धनको छ । हाल सिरहा जिल्लाको सिरहामा रहेको कारागारमा बन्दी जिवन बिताईरहेका स्वतन्त्र मधेश गठबन्धनको सह संयोजक महतोको स्वास्थ्य अवस्था जेल भित्रको लापरवाहीको कारण अवस्था गम्भीर भएको आरोप लगाइएको छ।

स्वास्थ्य अवस्थाको चेक जांचसमेत नगरी विरामी अवस्थामा नै राखिएको छ। जेलमा क्षमता भन्दा अत्यधिक संख्यामा कैदी भएको हुनाले महतो चिसोको कारण सिकिस्त भएको बताइएको छ ।

प्रध्यापक महतो गत भदौ २७ गते नवलपरासी जिल्लामा गिरफ्तार भई ६१ दिन पछी नवलपरासी अदालतले २ लाख ५० हजार धरौटी माग गर्दा दिन नसके पछी उललाई त्यही मुद्दामा सिरहा जिल्ला अदालतमा लगिएको थियो । सिरहामा ५ हजार धरौटी मागगर्दा उनले त्यो धरौटी पनि अस्वीकार गरेपछि कारागार चलान भएका थिए।

प्रध्यापक महतो सहित डा. सि के राउत र श्रीकृष्ण यादवको जिवनरक्षाको लागी मानवअधिकारकर्मी, पत्रकार, नागरिकसमाज र सम्बन्धित प्रदेश सरकारसंग स्वतन्त्र मधेश गठबन्धन अपिल एक प्रेस विज्ञप्ति मार्फत गरेको हो ।