जनकपुरधाम : जनकपुरमा मगही लोक गीत बिबेचनात्मक कार्यक्रम सम्पन्न भएको छ ।मगही साहित्य समाजको आयोजनामा शनिवार मगही भाषामा लोक गीत अन्तर्गत गोसाइ गीत, समदाउन ,सामाचकेवा, बिबाह गीत गाउँदै कार्यक्रम सम्पन्न भएको थियो ।

प्रदेश २ का अर्थराज्यमन्त्री उषा यादवकी प्रमुख अतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा वक्ताहरुले मगही भाषा तथा संस्कृति संरक्षणमा जोड दिएका थिए ।

मगही आफुहरुको मात्री भाषा रहेको दावी गर्दै उनीहरुले केही वर्गले जर्बजस्ती मैथिली भाषा थुपार्न खोजेको आरोप लगाए ।

कार्यक्रममा वरिष्ठ पत्रकार राजेश्वर नेपाली, डा.राम स्वार्थ राय, मिनापको संस्थापक शुर्दशन लाल कर्ण, शिक्षा अधिकृत मेहिलाल यादव, सामाजसेवी बैधनाथ साह, सन्त सत्यनारायण आलोक, बलदेब साह लगायतका व्यक्तिहरु सहभागी थिए ।

विजय साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कुमारी देबी र गीता देबीले मगही लोक गीत प्रस्तुत गरेकी थिइन् ।

वक्ताहरुले मगही गीत कसरी बचाउने बिषयमा गहन बिचार बिमर्श गरेको मगही अभियन्ता तथा युवा कवि समाजका अध्यक्ष फुलगेन महतोले जानकारी दिएका छन ।