जलेश्वर : महोत्तरीको सम्सी गाँउपालिका २ पर्सामा ना ७ ख ६४२७ नम्बरको टिप्परले स्थानीय ९ वर्षीय शेख सदावको किचेर ज्यान लिएको हो ।

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार आइतबार बिहान ७ बजे गौशालाबाट सम्सीतर्फ जाँदै गरेको टिप्परले बालक सदावलाई किचेको थियो ।

बालकलाई किच्ने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालकको शवलाई पोष्टमार्टमको लागि जलेश्वर पठाउने तयारी भैरहेको प्रहरी निरीक्षक किशोर अचार्यले जानकारी दिनुभयो ।