जनकपुरधाम :तराई मधेशका मुटु हुलाकी राजमार्गमा रहेका धनुषा र सिरहाको सिमाना जोडने कमला नदीमा पुल निर्माणको माग गर्दै जनकपुरमा अनशन सुरु गरिएको छ।

यसैगरी बलान नदीको पुल पनि ६ महिनाभित्रै निर्माण कार्य पुरा हुनु पर्ने माग पनि गरिएको छ।

हुलाकी सडक संघर्ष समितिले निर्माणधिन कमला नदी र बलान नदीको पुल ६ महिनाभित्र पुरा गर्नु पर्ने माग राख्दै आएको छ। समितिले यसअघि सिरहामा रिलेअनशन बसेको थियो।

संघर्ष समितिका संयोजक रामरिझन यादवको नेतृत्वमा मंगलबारबाट जनकपुरधामको जनक चौकमा रिले अनशन सुरु गरेको हो ।

कमला र बलानको पुल निर्माणको ठेक्का पप्पू कन्सट्रसक्नसहित केही साहायक कन्सट्रक्सन कम्पनीले पाएको छ। सम्झौताको मिति सकिएपनि अहिलेसम्म पुल निर्माण हुन सकेको छैन।