शम्भु पण्डित
जनकपुरधाम : वैदेशिक रोजगारीको क्रममा विदेशमा बस्दै आएका युवाहरुको समूह मिथिला समाज सेवाद्धारा सिलाई कटाई तालिम समेत सुरु गरिएको छ।

धनुषाको सबैला नगरपालिका अन्तरतको ठिल्ला, भठियन, मखनाहा, खरिहानि र पठेर्वामा ३ महिने सिलाई कटाई तालिम शुरु गरिएको हो । नगरपालिकाको वडा नं. ४,५,८,९ र १० मा विहिबारदेखि सिलाइ कटाइ तालिम सुरु गरिएको हो ।

सिलाई कटाई तालिमबाट नगरका स्थानीय महिलाहरुले गरिबीको रेखालाई पार गर्ने विश्वास लिँदै उनीहरुको लागि आत्मनिर्भर बनाउनको उदेश्यले पनि सिलाई कटाई तालिम दिन लागिएको जनाइएको हो । यसपछि उनीहरु स्थानीय स्तरमा आत्मनिर्भर हुने विश्वास लिइएको हो ।

सो सिलाई कटाई तालिम पुँजीगत शिर्षक वर्ग कार्यक्रम अन्तर्गत गत आइतबारदेखि एक कार्यक्रमकोबीच विधिवत रुपमा सुरुवात गरिएको हो । अप्पन मिथिला सेवा समाजका अध्यक्ष कैलाश यादव र सहभागी सतिश कापर प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ठ अतिथीका रुपमा नगरपालिकाका मेयर बिजय शंकरप्रसाद साह उपमेयर निलु देबि , वडा सहित गाउका बुद्धिजीवी लगायतका उपस्थित रहेको थियो ।