जनकपुरधाम । चैत्र ९ गते ।स्टिल बडी भन्ने प्रदीप रोहिता को ११ अौ स्मृति दिवस शहिदनगर नगरपालिका ८ बिसरभोरामा सम्पन्न भएको छ। हरेक वर्ष चैत्र ९ गते झै यसखेसराहा युवा समाज बिसरभोराले सहिदको स्मृति दिवस मनाएको हो ।

२०६४ साल चैत ९ गते जनतन्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमान्ड स्टिल बडी भन्ने प्रदीप रोहिताको प्रहरी कर्बाहीमा धनुषाको पोसबलपुरको रत्नपुरमा दोहोरो भिडन्तमा मृत्यु भएको थिए।

त्यतिबेला जनतन्त्रिक मोर्चा र सरकार बीच वार्ताको केही भएको थिएन ।तर पछि आएर नेपाल सरकारसंग वार्ता भएको थिए । त्यस पछि जनतन्त्रिक तराई मुक्ति मोर्चा र अहिलेको संघीय समाजवादी पार्टीको एकीकरण भएको थिए ।

सहिदका छोरा अमरपति रोहिता यादवको अध्यक्षता तथा
स्वतन्त्र मधेश गठबन्धन अभियानि सुमन बाबाको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कर्यक्रममा सहभागिहरुले सहिद रोहिताको स्मारकमा फोटो राखेर अविर र फुलमाला लगाई श्रद्धान्जली अर्पन गर्दै अर्पन गरका थिए।

कर्यक्रममा संघीय समाजवादी फोरम नेपाल धनुषाका नेता बिनोद रोहिता त्यतै स्वतन्त्र मधेश गठबन्धन धनुषाका नेता उपेन्द्र रोहिता ,रुपेश यादव,सरोज बिराजी,बब्लु बिराजी,निरज यादव,सुभाष यादव ,राजेश यादव लगायतले आ आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन सिबेन्द्र रोहिताले गरेका थिए।