जनकपुरधाम : स्वतन्त्र मधेश गठबन्धनका संयोजक एवम् नवगठित जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको जनसभा सिरहाबाट सुरु हुने भएको हो ।

स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारबीच भएको ११ बुँदे सहमति पछि जनमत पार्टी गठन भएको हो । उक्त पार्टी गठनसँगै मधेशका प्रत्येक जिल्लामा जनसभा गर्ने निर्णय भएको हो ।

सोही बमोजिम जनमत पार्टीको पहिलो जनसभा सिरहा जिल्लाको मिर्चैयामा हुने भएको हो। चैत्र ३० गते शनिबार मिर्चैयाको मोहन माध्यमिक विद्यालयमा बृहत्त जनसभा हुने जनमत पार्टीले जनाएको छ ।

उक्त सभालाई अध्यक्ष डा.सीके राउतले सम्बोधन गर्ने कार्यक्रम तै भएको हो । त्यसपछि अन्य जिल्लाहरुमा पनि जनमत पार्टीको जनसभा हुने तयारी गरि रहेका छन।