मनोज मोरबैता । जनकपुरधाम : डा. सीके राउत नेतृत्वको नव गठित जनमत पार्टीले जनवर्गी संगठन निर्माण सुरु गरेको छ ।आज महोत्तरीमा उक्त पार्टीका जनवर्गी संगठन युवा जनमत संघ गठन भएको हो ।

उक्त कार्यक्रम बाट युवा संघ महोत्तरी जिल्ला संयोजक पदमा बलबा नगरपालिका वाड ३ का रामकुमार मण्डललाई सर्व सहमतिबाट चैन गरेको हो ।त्यसै गरि सदस्यमा कृष्ण कुमार साह,सिकेन्द्र मण्डल र बैजनाथ मण्डल लगाइत ४५ सदस्य युवा संघ गठन गरिएको हो।

त्यसैगरी कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य संजय यादव ,जनमत पार्टीका महोत्तरी जिल्ला कार्य समितिका सदस्य बिरेन्द्र मण्डल र विश्वनाथ चौधरीको उपस्थिति रहेको थिए।

शुक्रबार जलेश्वर नगरपालिका ७ बखरी चौक स्थित रहेको रियल नेपाल पब्लिक एकेडेमी ई बो. स्कुलका सभा हलमा बिदेह कुमार सहनीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको जानकारी दिएका छ्न।