रुपन्देहीमा महायज्ञ उद्घाटन गर्न पुगे डा सिके राउत

मनोज मोरबैता , जनकपुरधाम। आज रुपन्देहीको गैडहवा गाउपालिका २ खडेछ्वा रहेको शिव मन्दिरमा जनमत पार्टिको राष्ट्रिय अध्यक्ष डा सिके राउतले महायज्ञ उद्घाटन गरेको हो ।

रुपन्देही जिल्लाको विकट मधेसी पकड एरिया मानिने गौडहवा गाउँपालिका – २ खडेछवा अवस्थित रहेका शिव मन्दिरमा एक हप्तासम्म चल्ने चण्डी महायज्ञ उद्घाटन गर्न पुगेका थिए ।

डा राउतलाइ भैरहवा एयरपोर्टमा उनका समर्थकहरुले भव्य स्वागत गर्दे गौडहवा लगेका उक्त जनमत पार्टीका रुपन्देही संयोजक तथा केन्द्रीय सदस्य भुपेन्द्र यादवले भने ” मन्दिरमा ठूलो संख्यामा स्थानीयहरुको उपस्थीती रहे तापनी डा राउतले सम्बोधन गरेन ।
कार्यक्रममा राउतले महायज्ञ मात्र उद्घाटन गरे भने अन्य वक्ताहरु बोलेका थिए ” । उक्त पार्टीका केन्द्रीय सदस्य प्रा. कैलाश महतोलगायतले भाषण गरेपनि राउतले धार्मिक कार्यक्रममा सम्बोधान नगर्ने जानकारी गराएको हो ।

डा राउतले पाँच बटा कलसमा दिप बालेर उद्घाटन गरेको हो।गौडहवामा आज महायज्ञ उद्घाटन गरिएको मन्दिर रुपन्देही कपिलवस्तुको सिमामा रहेको हो ।

उक्त महायज्ञ उद्घाटन समारोह शिव मन्दिरका पुजारी विष्णु माहत्माको अध्यक्षतामा सम्पन्न भएको हो ।