मनोज मोरबैता ,जनकपुरधाम : नव गठित जनमत पार्टी सुनसरीको प्रथम जिल्ला परिषद शनिबार सुनसरीको इनरुवा नगरपालिका – २ इनरुवामा रहेको जितेन्द्र साह प्रतिस्ठानको सभा हलमा परिषदको बैठक सम्पन्न भएको हो ।

पार्टीको परिषद वैठक बाट ५५ सदस्यीय जिल्ला जनपरिचालन समिति गठन गरिएको छ ।त्यसैगरी बैठकबाट सुनसरी जिल्ला जनपरिचालन समितिको अध्यक्षमा देवराम मधेशीलाई सर्वसहमती बाट चयन गरिएको जनाइएको छ ।

उक्त बैठक हरेराम मण्डलको अध्यक्षतामा सम्पन्न भएको र बैठकमा जनमत पार्टीका केन्द्रिय सदस्य आशा मेहता,सिताराम पंडित ,सप्तरीबाट श्यामसुन्दर मंडल र झापाबाट कौशिला महतो लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थिए ।

सो बैठकमा स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकार संग ११ बुंदे सहमति भएको विषयमा बृहत छलफल र अगाडीको रणनीति तय गरिएको पार्टीका केन्द्रिय सदस्य आशा मेहताले वताए ।