मनोज मोरबैता,जनकपुरधाम ।विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ भारतले बारा र पर्सामा हावाहुरीबाट मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । संघले भारतको देहरादुनमा श्रद्धाञ्जली सभा गरी शोक व्यक्त गरेका हुन।

आइतबार भारतको उत्तराखण्ड प्रदेशका राजधानी देहरादुनमा श्रद्धाञ्जली सभा आयोजना गरिएको एनआरएमएका अन्तर्रा्ष्ट्रिय सदस्य संतोष विश्वासले जानकारि दिए ।

बारा र पर्सा हावाहुरीबाट प्रभावितहरुका लागि गैर आवासीय मधेशी संघले स्वास्थ्य शिविर तथा राहत वितरण गर्दै आएको छ । एनआरएमएको सहयोगमा हुलाकी हेल्प सेन्टरले बाराको विभिन्न स्थानमा स्वास्थ्य शिविरको आयोजना गरेको छ भने नवजात शिशुका लागि विशेष कार्यक्रम सञ्चालनको समेत तयारी गरेको छ ।

मुकेश प्रसाद साहको अध्यक्षतामा श्रद्धाञ्जलि सभामा उक्त सभामा भारतको एरिया कमिटी देहरादुनका बिकाश साह,अञ्जली झा,पुजा ठाकुर ,रंजन ठाकुर ,शुशान्त झा,सुजित साह लगाइत विद्यार्थीहरुले श्रद्धाञ्जली सभामा सहभागी भएका थिए। मुकेश प्रसाद साह, अभय यादब, दिपेश शाह, मनमोहन चौहान, रुपेश यादव, रेमबो चौधरी लगायतको सहयोगमा सभाको आयोजना भएको एनआरएमएले जनाएको छ ।