मनोज मोरबैता
जनकपुरधाम,चैत २६ गते ।
मुलुकमा संघियता प्रवेस गरेसंगै स्थानियतहका प्रत्येक पालिकाहरुलाई आ आफनो ठाउलाई मोर्डन वनाउने भनिएपनि स्थनियसरकार गठन भएको दुई वर्ष भन्दा वढि वितिसकेपनि स्थानियवासीले त्यस्को झलक समेत देख्न सकेको छैन ।

जहा एका तर्फ विश्व कम्प्युटर युगमा प्रवेस गरिसकेको छ त्यहि धनुषाको केहि ठाउ अहिले पनि विद्युत विहिन अन्धकारमा वस्न वाध्य रहेको छ ।धनुषाको कमला नगरपालिकाको गाउँमा विद्युत् बत्तीका लागि पोल र तार जोडिएको १० वर्षभन्दा बढी भइसकेपनि अझै बत्ती बल्न सकेको छैन ।

गाउँमा बिजुलीको पोल गाडिएको ५ वर्षपछि तार जोडिएको थियो तर जडान भएको पोल र तार जीर्ण बनेर ढल्ने अवस्थामा पुगेपनि पूर्वी धनुषाको करिब ६ हजार घरमा अहिले सम्म विद्युत प्रसारण हुन सकेको छैन । धनुषा जिल्लाको पुर्वी क्षेत्र अन्तरगत रहेको कमला नगरपालिकाको लक्कर,सिखठोर, सखुवा मडान, सिंयाही, हथमुण्डा, जगराहा र जागिरका करिब ६ हजार घर अहिले पनि विद्युत बाट वंचित रहेका छन ।

पटक पटक कमला नदीको बाढीले डुवानको मारमा पर्दै आएको सो वस्तीहरुमा अहिले पनि मटितेलले वल्ने टुकीको सहारामा वस्नु परेको छ । यति मात्र होइन विद्युत नहुदा सिँचाइ, साना उद्योग र प्रविधिको पहुँचबाट वञ्चित हुनु परेको छरु।विद्युत् बत्ती नबल्दै पोल र तार ढल्ने थालेपछि गाउँमा बत्ती बल्ने आश समेतस्थानीयले मारिसकेको कमला नगरपालिका(६ का शिक्षक विनोद केसरीले बताएरु। शिक्षक केसरीका अनुसार पोल र तार ल्याउन ठेक्केदार, राजनीतिक दल र विद्युतका कर्मचारीले कमिसनको लेनदेनमा गुणस्तरी काम गरेको छैन । दलका नेता र कर्मचारीकै स्वार्थका कारण पोल जडानभएको १० वर्ष बित्तिसक्दा गाउँमा बिजुली आउन नसकेको उनको भनाई छ ।

यता कमला नगरपालिका(५ का वडा अध्यक्ष शिव पासवानले विद्युत् ल्याउनका लागि निरन्तर पहल गरिरहेको बताएरु। उनले पुरानो पोल र तार काम लाग्ने अवस्थामा नरहेको वताउदै खुद्रा बजेट ल्याएर खुद्रा(खुद्रा काम गरेको भए पनि काम लाग्ने अवस्थामा नरहेको वताए । कमला नगरपालिकाकै सखुवा र मडानमा १५ सयभन्दा बढी घर विजुली बिजुली सेवा पाएको छैनरु। उनीहरूलाई बैशाख महिनासम्म बिजुली बाल्ने व्यवस्थामा लागेको वडा अध्यक्ष सम्शुल मियाँले बताएरु। वडा नं. ७ मा पर्ने सिंयाही, हथमुण्डा, जगराहा र जागिरका १ हजार ९ सयभन्दा बढी घर विद्युत्बाट वञ्चित छन ।

वडा अध्यक्ष तपेश्वर यादवले विद्युत् ल्याउन पहल गरिरहेको बताए ।यता नगरपालिकाका मेयर रामउदगार गोइतले नगरपालिकाको तिनवटा वार्डमा बिजुली ल्याउन पहल भइरहेको र यसका लागि विद्युत प्राधिकरणले ठेक्का प्रक्रिया सुरु गरिसकेको वताए । अन्य नगरपालिका जस्तै कर्मचारीको अभाव रहेको सो नगरपालिकामा विनियोजन गरिएको वजेट समेत खर्च गर्न सकिएको छैन ।