जय प्रकाश मण्डल
जनकपुरधाम। हँसपुर नगरपालिका वडा नं. ९ स्थित बालगंगा चौकमा चैती दुर्गा पूजाको आयोजना गरिएको छ ।

उक्त पूजाको लागि शनिवार कलश स्थापना गरिएको छ । कलश स्थपनामा रुदौली, सोनिगामा, मोरहा, पोखरभिडा र टिल्ही लगायत गाउँका २०० जना भन्दा बढीको सहभागी थियो ।

मेला आउँदो यही चैत २९ गते देखि सुरु हुनेछ भने बैशाख १ गते विसर्जन हुनेछ । दशकौँ देखि धुमधामका साथ आयोजना गरिदैँ आएको मेला यसपाली अन्य बर्षको तुलनामा भव्य रुपले आयोजना गरिएको दुर्गा मेला समितिका अध्यक्ष चन्देश्वर मंडल(चन्दे) ले जानकारी दिएका छन् ।

मेला शुक्रबार देखि भव्य रुपमा सँचालन हुने छ, जसमा संस्कृतिक कार्यक्रम लगायत खेलाहरु प्रदर्शन हुने हँसपुर नगरपालिका वडा नं. ९ अध्यक्ष नरेश मंडलले बताएका छन् ।