मनोज मोरबैता
जनकपुरधाम चैत २६ गते।
सर्वाेच अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता नदिन गृह मन्त्रालयलाई जारी गरेको आदेशको बिरोध गर्दै समाजवादी विद्यार्थी फोरम नेपाल धनुषाले आज जनकपुरमा प्रदर्शन गरेका हो ।

जनकपुरमा प्रदेश उपाध्यक्ष बिकाश  यादवको नेतृत्वमा रहेको विद्यार्थीहरुको टोलीले सर्वाेच अदालतले जारी गरेको पत्रको निर्णय तत्काल सच्याउन माग गर्दै जनकपुरको भनुचौकमा प्रदर्शन गरेका हो ।

२०६३ सालमा नै जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानहरुलाई वंशजकै आधारमा नागरिकता दिने कुरा संविधानमा लेखिएपनि मधेश विरोधी मान्सिकता बोकेका केही मधेश विरोधी अधिवक्ताहरुले मधेशको युवाहरुलाई नागरिकता विहिन बनाई मुलुकमा द्धन्द्धको बिउ रोप्न खोजिरहेको नगर उपाध्यक्ष यादवले आरोप लगाए ।
उनले भन एकातिर सर्वाेच्च अदालतको निर्णयबाट नै जन्मसिद्ध नागरिकताका सन्तानलाई बंशजको आधारमा जिल्ला प्रशासनले नागरिकता वितरण जगरिरहेको बेला पुनः सर्वाेच्च अदालतबाट नै कार्यन्वयन नगर्न जारी गरेको आदेशले सर्वोच्च अदालत पनि दोस्रो चरित्र देखाएको कुरा पुष्टि भएको हो ।

सर्वोच्चले जारी गरेको आदेश पत्रको निर्णय प्रति समेत जलाई जन्मसिद्ध नागरिकता भएका सन्तानलाई बंशजको आधारमा नागरिकता दिनु पर्ने मांग गर्दै सर्बाेच्च अदालतले गरिेको निर्णय सच्चयाउन नाराबाजी गरेका हुन।

बिरोध प्रदर्शनमा समाजवादी विद्यार्थी फोरमको प्रदेश उपाध्यक्ष बिकश यदाव, सत्रुधन यादव, र धनुषाको धर्मेन्द्र यादव, दिपु कपर ,आमिन राइन, बलिराम कापर, गौतम यादव,  लगाएत समाजवादी विद्यार्थी नेताहरुको सहभागी रहेको थियो ।