मनोज मोरवैता
जनकपुरधाम,चैत २७ गते ।
धनुषाको कमला नगरपालिकामा वार्ड अध्यक्षले नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वन्न खोजेपछि विवाद सृजना भएको छ ।कमला नगरपालिका वार्ड नं १ मंगराहा टोलका अध्यक्ष राजकुमार यादवले मंगलवार विद्यालयको व्यवस्थापन समिति र विद्यालय खाजा समितिको अध्यक्ष आफै बन्न खोजेपछि स्थानियवासीले विरोध जनाउदा विवाद सृजना भएको हो ।

अध्यक्ष यादवले आफु खुसी ११ सदस्यीय समिति वनाएर स्थानियवासीको तर्फबाट ४ जनालाई मात्र समावेस गर्न खोजेपछि विवाद सृजना भएको थियो । विद्यालयको प्रांगणमै भएको सो वैठकमा स्थानियवासीले विद्यालय व्यवस्थापन समितिमा गाउका भ्रदभलादमी तथा शिक्षीत व्यक्तिलाई अध्यक्ष वनाउन आग्रह गरेको स्थानियवासी प्रेम यादवले वताए ।

स्थानीयवासीको आग्रहलाई लत्याउदै वार्ड अध्यक्ष यादवले आफै अध्यक्ष वन्ने भन्दै विरोध गर्ने माथि धाक धम्की दिदै कुटपिट गर्ने प्रयास गरेको स्थानीय प्रेम यादवको भनाई रहेको छ । अध्यक्षले धाक धम्की देखाएपछि सो वैठकमा हातहालाहालको स्थिती सृजना भएको थियो । जहा एकातिर अध्यक्षले स्थानियवासीहरुलाई धाक धम्की देखाइरहदा त्यहि जनपद र सशस्त्र प्रहरीको समेत उपस्थिती रहेको थियो ।

यता सो श्री जनता उच्च माध्यमीक विद्यालय इश्वरबाडा,मंगराहामा तत्कालका लागि विद्यालय व्यवस्थापन समिति गठन नर्गनका लागि उच्च अदालत जनकपुरले अन्तरिम आदेश समेत दिएको छ ।प्राप्त जानकारि अनुसार विद्यालय १० बजे देखि ४ बजे सम्म मात्र खुल्ने भएको र अदालतको सो परमादेश विद्यालयमा साढे ४ बजे तिर लिएर पुगेपछि विद्यालयका प्रधानअध्यापक जितेन्द्र पासवानले वुझनबाट अस्विकार गरेका थिए । त्यसपछि सो परमादेशपत्रलाई पर्खालमा टांसेर तामेलिदार फर्केका थिए ।

यसभन्दा पहिले विद्यालयमा व्यवस्थापन समिति गठनमा अभिभावकलाई समेत समावेस गर्नुपर्ने भन्दै कमला नगरपालिका वार्ड नं ३ का जगत नरायण यादव र सोहि नगरपालिका वार्ड १ का विनोद कापरले उच्च अदालत जनकपुरमा मुद्दा समेत गरेका थिए । सोहि मुद्दाको उतप्रेषण परमादेश गर्दै उच्च अदालतले १५ दिन भित्र लिखित जवाफ पेश गर्न भनेको छ । त्यसैगरि नगर शिक्षा समतिको फागुन १५ गतेको निर्णय अनुसार विद्यालय व्यवस्थापन समतिको गठन हुन बाकि रहेको भए सो गठन लगायतका कुनै कार्य नगर्नु नगराउनु यथास्थितीमा राख्नु भनी विपक्षीहरुको नाउमा अन्तरिम आदेश समेत जारी गरिएको छ ।