मंजय यादब, जनकपुरधाम ।
बारा र पर्सामा गएको विनाशकारी हावाहुरी बाट प्रभावित भएका व्यक्तिहरूलाई ऐलाईन्स युथ क्लब जनकपुरधाम द्वारा बारा र पर्सामा गएर पिडित परिवार लाई राहत वितरण गरिएको छ।

विभिन्न सामग्री लत्ताकपडा , डोल , जग , पलेट , गिलास , फ्रूटी र कुछकुछ लगायतका सामग्रीहरू वितरण गरिएको एलायन्स यूथ क्लबका अध्यक्ष ईजाज अन्सारीले जानकारी दिइएको छ।

एलायन्स यूथ क्लबका अध्यक्षको निर्देशनमा सम्पूर्ण पदाधिकारीहरुका टोलीले ले राहत लिएर हावाहुरी बाट बारा र पर्साका प्रभावित क्षेत्रमा पुगेका थिए। त्यहाँका क्षतिग्रस्त ठाउँको अबलोकन समेत गर्नुभएको छ । एलायन्स यूथ क्लबका अध्यक्ष इजाज अन्सारीले सम्पूर्ण देशबासी तराई पहाड र हिमाल का जनतालाई बारा पर्सा को पीडित जनतालाई दु:ख को घडीमा सहयोग र कान्धमाकान्ध मिलाउन अाग्रह समेत गर्नुभएको छ।

एलायन्स यूथ क्लबले चाडपर्वको अवसरमा विभिन्न समयमा जनकपुरको विभिन्न ठाउँलाई सरसफाइका कार्यक्रम लगायत जनकपुरमा भएको विभिन्न उतसब वा मेलाको समयमा एलायन्स यूथ क्लबका पदाधिकारीहरुले अा-अाफ्नो योगदान पुर्याउदै अाइरहेको छ।

एलायन्स यूथ क्लबका अध्यक्ष इजाज अन्सारीको भनाइ सेवा नै धर्म हो ।