जनकपुरधाम बैशाख १३ गते। संघीय समाजवादी फोरम नेपालका युवा संगठन समाजबादी युवा फोरम नेपालको प्रदेश ७को अधिबेशन धनगढीमा सम्पन्न भएको हो।

अधिवेशनले समाजवादी युवा फोरम , नेपालको प्रदेश ७का अध्यक्षमा गोबिन्द गुप्तालाई सर्व सहमति बाट चयन गरेको हो।
आज शुक्रबार धनगढीमा प्रदेश नं.७को अध्यक्ष श्रीमति पलवी कुमारी साउदको अध्यक्षता अधिवेशन सम्पन्न भएको हो।

उक्त अधिवेशनमा प्रमुख अतिथी आर.सी.यादव तस्तै अतिथिमा प्रदेश नं.७ का सदस्य बिनोद चन्द्र , जिल्ला अध्यक्ष गया प्र.कुश्मी , शिक्षक फोरम जिल्ला अध्यक्ष हरि प्रसाद यादव ,केन्द्रीय सदस्य कविता जैरु, जिल्ला सदस्य सिमा जैरु, पार्टीको जिल्ला उपाध्यक्ष दल बहादुर मगर प्रदेश सदस्य सुरेन्द्र यादव को उपस्थितिमा प्रदेश ७ को युवा संगठनको अध्यक्षमा गुप्तालाई चयन गरिएको हो ।