मनोज मोरबैता,जनकपुरधाम।धनुषाको तिनकौरिया स्थित एक विद्यालयमा शुक्रबार विद्यालाय व्यवस्थापन समिति गठन गरिएको छ।

विदेह नगरपालिका वाड नं. ५ तिनकौरिया स्थित श्री जनता नमूना माध्यमिक विद्यालयमा शुक्रबार अभिभावक भेलामा नागरिक समाज ,बुद्धिजीवी ,शिक्षाप्रेमिहरु लगाइतका व्यक्तिहरुको उपस्थितिमा बैजनाथ यादवको अध्यक्षतामा ४ सदस्यीय विद्यालय व्यवस्थापन समिती सर्वसहमती बाट गठन भएको छन।

नव गठित विद्यालय व्यवस्थापन समितीका अध्यक्षमा राधेश्याम गोइत यादव रहेको छन भने सदस्यहरुमा विमलदेव विराजी यादव,पुनम देवि दास,मन्जु देवि महतोलाई सर्व सहमतिबाट चयन गरिएको विद्यालायका प्राध्यापक पवन मण्डलले बताएका छन।