जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिका वडा नं. २ को नाथपट्टी नजिक गएराती करिब १२ बजेतिर ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएका हो।

मृत्यु हुनेमा कमला नगरपालिका वडा नं. ९ का प्रमोद मंडलको २२ वर्षीय छोरा विपिन मंडल रहेका हुन ।

दुबरकोटबाट जन्तीको समान पुर्याउन नौसयबिघा पुगेका थिए त्यहा बाट समान पुर्याउएर फर्किने क्रममा यदुकोहा र नाथपट्टी बीचमा पर्ने सडकबाट १०-१५ फिट तल झरी दुर्घटना भएको हो । ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमबहादुर खड्काले जानकारी दिएका हुन ।

दुर्घटनामा कुनै अर्को पक्ष नभएकाले ट्याक्टर चालक स्वमले गाडी नियन्त्रण गर्न नसकी गाडी अनियंत्रित भएर दुर्घटना भएको प्रहरीले बताए ।