जनमत पार्टीका मिथिला नगर संयोजकमा अभिमन्यु महतो

मनोज मोरबैता

जनकपुरधाम : जनमत पार्टी धनुषाको मिथिला नगरपालिकाको प्रथम नगर परिषद सर्व सहमतीबाट शनिबार सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य इन्द्रजित यादवले यश परिषद बाट मिथिला नगरपालिकाले संगठनात्मक दृष्टीकोणले संगठन विस्तारमा सक्रिय रहने एउटा सक्षम एवम् उर्जावान संयोजक सहितको जनपरिचालन समिति चयन गर्न सफल हुने आफुलाई विश्वास रहेको बताए।

त्यसैगरि कार्यक्रममा इन्द्रेश झा,रामप्रताप मण्डलले नव गठन नगर संयोजकलगाइत सबै सदस्यहरुलाई सफल कार्यकालको शुभकामना समेत दिएका थिए ।

सो परिषद मिथिला नगरपालिका – ढल्केवर स्थिति रहेको कृष्ण प्रनामी मन्दिरको परिसरमा नगर परिषदबाट संयोजकमा अभिमन्यु महतो र सदस्यमा ओमबिक्रम कुशवाहा,राजेश साह,लक्ष्मीनारायण महतो,राजेन्द्र महतो र त्यसैगरी महिला सदस्य अशोक देवी महतो,सतिश यादव,जितेन्द्र यादव ,सन्तोष ठाकुर ,जयकुमार साह सहित २१ सदस्यीय नगर कार्य समिती गठन गरिएको हो।कार्यक्रम ओम बिक्रम कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको थिए।