जनकपुरधाम : नव गठित जनमत पार्टीका अध्यक्ष डा.सीके राउत मुख्यवक्ता रहने बुद्ध जयन्तीको अवसरमा अन्तरक्रिया हुने भएको छ।

Image may contain: 1 person, standing

जनमत विद्यार्थी संघको आयोजनामा शनिबार  जनकपुर स्थित उद्योग वानिज्य संघको सभा हलमा “राजनीति र समाजिक परिवर्तनमा युवा विद्यार्थी नेतृत्वको भुमिका र अवस्था ” विषयक अन्तरक्रिया विहान ११ बजेदेखि हुने जनाइएको छ।

जनमत विद्यार्थी संघले दिएको जानकारी अनुसार अन्तरक्रियाको सुरुमा डा.सीके राउतले आफ्नो मनतव्य राख्ने कार्यक्रम तय भएको हो।

स्रोतका अनुसार उक्त अन्तरक्रियामा जनकपुरमा रहेको सबै युवा विद्यार्थीहरुलाई विशेष गरी सहभागी हुन आह्वान गरिएको छ। यसअघि पनि डा.राउतको प्रमुख वक्ता रुपमा काठमाडौको त्रिभुवन विश्वविद्यालयमा अन्तरक्रिया गरेका थिए।