मनोज मोरबैता
जनकपुरधाम : एकातिर बालश्रम समाप्त गर्नका लागि तीनवटै तहले अभियाननै चलाएको अवस्था छ भने अर्को तिर एक विद्यालयले आफनै विद्यालयका साना साना विद्यार्थीहरुलाई बालश्रम गराईरहेको देखिएको छ ।

धनुषाको जनकनन्दनी गाउपालिका १ स्थित मल्हनीया राप्रावी का प्रधानअध्यापकले लेवर खर्च वचाउनका लागि २ कक्षा र ३ कक्षाका विद्यार्थीलाई विद्यालयका कितावहरु ढृवानीमा प्रयोग गरेको देखिएको छ ।

विद्यालयका प्रधानध्यापक भोला यादवले जिल्ला शिक्षा कार्यालय धनुषाबाट कक्षा १ देखि ५ सम्मका लागि निशुल्क बाडिने कितावहरु सम्वन्धित विद्यालयमा लग्नका लागि लेवरको रुपमा साना साना विद्यार्थीहरुलाई प्रयोग गरेको देखिएको छ ।

प्रधानअध्यापक यादवले जनकपुरधामबाट वस मार्फत धनुषाको कठाल पुगेको कितावलाई ७ किलोमिटर टाढा रहेको राप्रावी मल्हनीयामा लग्नका लागि २ कक्षा र ३ कक्षाका विद्यार्थीहरुलाई प्रयोग गरेको छ ।

विद्यार्थीहरुले सकि नसकि कितावको भारी वण्डललाई ७ किलोमिटर सम्म पुरयाएको स्थानियवासी नरेश यादवले वताएका छन ।