जनकपुरधाम: समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवं प्रतिनिधी सभा सदस्य उमाशंकर अरगरियाले मित्र राष्ट्र भारतमा पुन: प्रधानमन्त्री बन्दै गरेको नरेन्द्र मोदी र बहुमतले सत्तामा फर्किदै उँहाको पार्टी भारतीय जनता पार्टी (भाजपा) लाई बधाई दिएका छन् ।

लाेकसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा)ले उत्साहजनक मतपरिणाम ल्याएपछि अरगरियाले मोदीलाई सामाजिक संजाल मार्फत बधाई दिएका हुन् ।

“मित्र राष्ट्र भारतमा लोकसभा निर्वाचनको मतगणनामा उत्साहजनक नतिजा हासिल गर्दै पुन: प्रधानमन्त्री बन्दै श्री नरेन्द्र मोदी र उँहाको पार्टी भारतीय जनता पार्टीलाई हार्दिक बधाई को साथै पूर्ण सफलताको कामना” अरगरियाले आफ्नो फेसबूकमा “मित्र राष्ट्र भारतका सम्मानीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्युको अगुवाईमा विश्वकै सबैभन्दा ठुलो लोकतन्त्र गणतन्त्र भारतमा आफ्नो प्रभावशाली जित क़ायम गर्न सफल हुनु भएकोमा बधाई ! भारतीय जनता पार्टी लगायत सहयोगी दलहरुलाई समेत हार्दिक बधाई ! आज फेरी पनि भारतका सम्मानीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी ज्युको कुशल नेतृत्वले विश्वको सबैभन्दा ठुलो लोकतन्त्रको निर्वाचनमा एेतिहासिक जित हासिल गरेको छ। तपाईको अगुवाईले नेपाल र भारतको सम्बन्धमा अझ उर्जा थप्ने र बलियो हुनेम विश्वास्त छु । नेपाल भारतको मित्रता क़ायम रहोस र बलियो होस् । धेरै धेरै शुभकामना “लेखेका छन् l

ताजा अवस्थामा भाजपाले ३५४ सिटमा अग्रता बनाएको छ भने कँग्रेस ८७ सिटमा अग्रता बनाउँदै निकै पछाडि छ ।