जनकपुरधाम : नेपालका राजधानी काठमाडौंमा शुक्रबार राति मधेशी समुदायका एक व्यवसायीमाथि निर्घात कुटपिट गरेको छ । महोत्तरी जिल्लाका महोत्तरी गाउँपालिका–१ पर्साका हरिराम यादवमाथि कुटपिट भएका छन।

काठमाडौको बसुन्धरास्थित पसल सञ्चालन गर्दै आएरहेका यादवमाथि शुक्रबार राति ९ बजे तीन जनाको समूहमा आएका युवाहरुले एक्कासी आक्रमण गरेका थिए ।

यादवले पसल बन्द गरेर आफ्नो डेरा फर्कने क्रममा तीन जनाको अज्ञात समूहले टाउकोमा रड प्रहार गरी घाइते बानाएको छन ।

यादवको उपचार बसुन्धारास्थित बिपि स्मृति होस्पिटलमा भइरहेको छ । उनको टाउकोमा सात वटा टाका समेत लगाइएको पारिवारिक स्रोतले बताएका छन।

उनलाई मधेशी, इन्डियन, धोती भन्दै सो अज्ञात समूहले टाउकोमा रडले प्रहार गरेर घाइते बनाएका छन । कुटपिट गर्नेहरुको पहिचान हुन सकेको छैन ।