जनकपुरधाम : पटक पटक जेल भित्र बिरामी हुँदै आएका टीकापुर घटनामा स‌ंलग्‍न रहेको कसुरमा जन्मकैदको फैसला सुनाइएका सांसद रेशम चौधरी जेलभित्रै बिरामी रहेका छ्न।

चौधरीको फोक्सोमा समस्या देखिएको छ। यसअघि पनि चौधरी पटक पटक विरामी परेका थिए।जिल्ला अदालत कैलालीबाट जन्म कैदको सजाय पाएका चौधरी हाल डिल्लीबजार कारागारमा छन्। उनको मुद्दा पुर्नावेदनका लागि उच्च अदालतमा पुगेको छ।

करिब एक वर्षदेखि जेलभित्रै विरामी परेका सांसद चौधरीले राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेताहरुलाई फोन गर्दै आएका छन्।तर फोन पनि उठाउदैन ।

यता इमधेश डट कम सँग कुराकानी गर्दै चौधरीकी श्रीमती रंजिताले भनिन्,‘उहाँले जेलबाट राजपाका नेताहरुलाई बारम्बार फोन गर्नु भयो। तर नेता जीहरुले वास्ता गर्नु भएन। नेता जीहरुले भेट्न भन्‍नुभएको छैन।’

रंजिताका अनुसार आफ्नै पार्टीका नेताहरुले सहयोग गर्न छोडेपछि चौधरी निरास हुँदै पार्टी छोड्न मनस्थितिमा पुगेका छन्।नेपालसमयमा छापिएको खबर छ।