जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरमा अढाई वर्षीय अवोध बालकको हत्या एक व्यक्तिले शक्तिशाली धामी बन्नकै लागि गरेको रहस्य बाहिरीएका छन ।

बुधबार स्थानीय शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरी आज बिहिवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएका हुन। अनुसन्धानका क्रममा महतोले ढल्केबरका शम्भु साहका अढाई वर्षीय छोरा आर्यन साहको हत्या शक्तिशाली धामी बन्नकै लागि गरेको धनुषाका एसपी शेखर खनालले बताए ।

बालक आर्यनको लाश घर नजिकैको झाडीमा वैशाख २५ गते फेला परेको थियो । २४ गते आर्यनको घरबाटै अपहरण गरेको महतो अन्धविश्वासमा परी शक्तिशाली धामी बन्न धारिलो हतियारले क्रुरतापूर्वक हत्या गरेको खुलासा भएको छ । महतोमाथि कानून बमोजिम कारबाही प्रक्रिया प्रहरीले अगाडी बढाएका हो।