नगर स्तरीय विधालय हाजिर जवाफ प्रतियोगितामा बाजुमावि प्रथम

राम नारायण ठाकुर ,सिरहा : मिर्चैयामा भएको नगरस्तरीय अन्तर सामूदायिक माध्यमिक अधारभूत विधालय हाजिरीजबाफ प्रतियोगितामा बाजु माबि फुलबारीयाले प्रथम स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा आधारभुत बिद्यालय सितापुर दोस्रो र अधारभूत विधालय मल्हनियाँ खाेरी तेस्रो स्थान प्राप्त गरेका छन् । नगरपालिका भित्र रहेका तीनवटा मावि र तीनवटा आधाभुत बिद्यालय गरी ६ वटा बिद्यालयका सहभागिता रहेको प्रतियोगितामा माेहन मावि मिर्चैया चौथो र शारदा माबि रामपुरबिर्ता र आधारभुत बिद्यालय राधाेपुर अाएकाे थिएन । बिजेता बिद्याथीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र, कापी प्रदान गरिएको आयोजकले जनाए ।

प्रत्येक बिद्यालयबाट तीन–तीनजना बिद्यार्थीहरुलाई सहभागि गराई प्रतियोगिता गरिएको आयोजक श्री गणेश बचत तथा ऋण सहकारी संस्था लि. मिर्चैया ६ ले जनाए ।
श्री गणेश बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्ष महेशलाल महासेठ काे अध्यक्षतामा बुधबार भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादब, बिशिष्ठ अतिथिका रुपमा माेहन मावि मिर्चैयाका उप्रधापक पशुपति ठाकुर लगायतका सहभागिता रहेको थियो ।

नगरपालिकाका शिक्षा शाखाका बिनी बुद्धिमान दनुबार र श्रोतब्यक्ति श्याम यादबको बिशेष उपस्थितमा भएको कार्यक्रमा विषय बिशेषज्ञ तथा निर्णायक समितिको रुपमा जगमाेहन साह,नागेन्द्र यादव रहेका थिए ।
श्री गणेश बचत तथा ऋण सहकारी संस्था लि. मिर्चैया ६ काे अयाेजनामा प्रतियोगिता सम्पन्न भएको छ ।