जनकपुरधाम : धनुषा निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य एवम समाजबादी पार्टी नेपालका प्रमुख सचेतक माननीय उमाशंकर अरगरियाले सहिद सुर्यनाथ रान स्मृति अस्पताल अनुगमन गरिएको छ।

शुक्रबार धनुषाको शहिदनगर नगरपालिका -८ डुमरिया चौक स्थित रहेको सहिद सुर्यनाथ रान स्मृति अस्पतालको अवस्था बारे प्रदेश न.२ का स्वास्थ्य निर्देशक डा.प्रमोद कुमार यादव र धनुषा निर्वाचन क्षेत्र न.२ का प्रतिनिधि सभा सदस्य मा.उमाशंकर अरगरियाले अनुगमन गरेका हुन।

अनुगमनकै क्रममा अरगरियाले भने”हामी पटक पटक संघीय सांसदमा यस अस्पतालका लागि आवाज उठाउदै आएरहेको छु । तर उक्त अस्पताल प्राथमिक स्तर भएको हुनाले यस सहिद सुर्यनाथ रान स्मृति अस्पताललाई प्रदेश स्तरीय अस्पताल बनाउने ” प्रतिबद्धता जनाएका छन।