जनकपुरधाम : धनुषा निर्वाचन क्षेत्र .२ बाट प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियाले संसदीय कोषबाट ५० लाखको रामजानकी विवाह मण्डप भवन निर्माण कार्यको शनिबार एक कार्यक्रम बिच शिलान्यास गरिएको हो।

शनिबार सहिद नगरपालिका .३ यदुकोहाको गोठकोहामा रहेको रामजानकी कुट्टीको प्राङ्गणमा स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमलाई लक्षित गरेर अरगरियाले आफ्नो संसदीय कोषबाट विवाह मण्डप निर्माण कार्य आज थाल्नी गरेको छ।

कार्यक्रममा धनुषा क्षेत्र न.२ का प्रतिनिधि सभा सदस्य एवं समाजवादी पार्टी नेपाल संघीय दलको प्रमुख सचेतक उमाशंकर अरगरियाले शिलान्यास गरेकोमा स्थानीयहरुले खुसी भएको छ।

उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय यदुकोहाका इन्स्पेक्टर भिमबहादुर खड्का , वडा नं.३ का वडाअध्यक्ष नागेन्द्र प्रसाद मण्डल , महादेव यादव , वडा सदस्य सुशील कुमार साह , राजदेब साह , बिनोद रोहिता ,मनिक लाल मण्डल , सुधीर चौधरी , रामेश्वर यादव , हविब मनसुर , प्रमोद अधिकारी , बिन्दी लाल महतो, नगर युवा अध्यक्ष राम चन्द्र चौरबार लगायत युवाहरू तथा स्थानीयहरुको सहभागीमा रहेको समाजबादी पार्टी नेपाल धनुषाको युवा नेता बिनोद रोहिताले बताएका छन।