मनोज मोरबैता,जनकपुरधाम :सिरहाको मिर्चैया नगरपालिका- ५ स्थित रहेका ‘अष्टाबक्र फाउन्डेसन’मा आवद्ध रहेको युवा र महिलाहरु एकवद्ध भई आज १७ औं सप्ताह सरसफाई जनचेतना कार्यक्रम गरिएका छन।

मिर्चैया सहित आसपासका क्षेत्रका साथै सार्वजनिक पाटी पौवा र पौराणिक महत्व बोकेका नजिकका ठाउँहरुको सरसफाईलाई मध्यनजर गर्दै महिलाहरुले सामूहिक सरसफाई अभियानमा जुटेका हुन् ।

विभिन्न पेशामा आवद्ध रहेका मिर्चैया नगर क्षेत्रका युवाहरुद्धारा गठित अष्टाबक्र फाउन्डेसनले महिलाहरुको लक्षित गरेर गाउँ गाउँमा समूह गठन गरेर सरसफाई अभियान जोड दिएका हो ।

उक्त सरफाईमा महिलाहरुको विशेष सहभागी र सहयोग रहेको फाउन्डेशनका सदस्य हरि पासमानले जानकारी गराएका छ्न।

पासमानले भने महिलाले कुनै काम गर्न अक्षम नरहेको त्यसको परिणाम आज देखिएको हो ।महलाहरुले आफ्नै घरबाट झारुलिएर घर आंगनमा मात्र नभइ अब बाहिरको सरसफाईमा महिलाहरुको महत्वपूर्ण भूमिका रहेको बताए।