जनकपुरधाम : डा सीके राउत नेतृत्वका जनमत पार्टी काठमाडौँले इफ्तार कार्यक्रम शुक्रबार मनाएको छ्न।

इस्लाम धर्माम्बलीहरुको रमजानको अवसरमा शुक्रवार काठमाडौँको कासमिरी जामा मस्जिदमा कार्यक्रम मनाइएको ई.राजदेव खर्गाले बताएका हुन।

उक्त कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतलगायतका कैलाश महतो, चन्दन सिंह ,इर्फान शेख,सत्य नारायण खंग र अब्दुल खान सहित सहभागी रहेको थिए।

जनमत पार्टीका केन्द्रीय सदस्य अब्दुल खानका अनुसार धार्मिक सहिष्णुतालाई मध्यनजर गरी जुमा अलविदाको दिन रोजदारहरूको लागि ईफतार कार्यक्रम राखिएका थिए।

जनमत पार्टीका अध्यक्ष डा राउत मुसलमानहरूको अनुरोधमा मुस्लिम टोपीसँगै सबैले खाने लाईनमा बसी राजदारहरूले खाने फलफुल र अन्न खाएर सामाजिक र धार्मिक एकतामा जोड दिएको खानले जानकारी गराएका छन।

अफ्तार पछि डा.राउत हजरत गयनसुद्दिन शाह बाबाको मजारमा पुगी मधेशको समृद्धि र सामाजिक एकताको लागि प्रार्थना (दुआ) गरेका थिए।