धनुषामा सांसद ,मेयर र वडाअध्यक्ष द्वारा पोखरी बचाउन गैभियन जालीले सडक शिलान्यास

जनकपुरधाम : धनुषा निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य एवम समाजबादी पार्टी नेपालका प्रमुख सचेतक माननीय उमाशंकर अरगरियाले बाटो बचाउनको लागि पोखरीमा गैभियन जाली बोल्डर योजनाको एक कार्यक्रम बिच नाथपट्टीमा शिलान्यास गरेको छ।

शिलान्यास कार्यक्रममा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया वडा नं.८ का वडा अध्यक्ष तनुक लाल कुसियैत समेतको उपस्तिथिमा एक कार्यक्रम बीच विधिवत नाथपट्टी पोखरीमा बाटो बचाउनको लागि रोडको शिलान्यास गरिएको छ ।

उक्त नगरपालिका वाडा न .८ नाथपट्टी टोल स्थित पोखरीको छेउमा रहेका सडक एकदम विकट रहेको बेलामा शिलान्यास गरिएकोमा स्थानीयहरुलाई खुसी देखिएको सामाजबादी पार्टी नेपालका धनुषा सदस्य बिनोद रोहिताले जानकारी गराएको छ।

उक्त कार्यक्रममा माननीय उमाशंकर अरगरियाले आमन्त्रितमा मेयर उदय बरबरिया र वडा अध्यक्ष तनुक लाल कुसियैत तिनै जना बाट पुजा पाठ गरेर शिलान्यास गरेका हुन।

अरगरियाले आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न ठाउँमा संसदीय बिकास कोषबाट काम भैरहेको ठाउँहरुमा अनुगमन समेत गरेका हुन।