नेता अरगरियाद्धारा डुमरिया चौकमा एम्बुलेन्स उद्घाटन

जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधिसभा सदस्य उमा शंकर अरगरियाले शनिबार एम्बुलेन्सको उद्घाटन गरेका छन् ।

शनिबार निर्वाचन क्षेत्र नं. २ कै सहिदनगर नगरपालिका वडा नं. ८ मा शनिबारदेखि विधिवत रुपमा एम्बुलेन्स सँचालन गरिएको हो । गैर सरकारी सँस्था ॐ शक्ति सामुदायिक अनुसन्धान केन्द्रका अध्यक्ष बिनोद प्रसाद रोहिताको अध्यक्षता तथा समाजवादी पार्टी नेपालका प्रमुख सचेतक समेत रहेका नेता अरगरियाको प्रमुख आतिथ्यमा भएको एक समारोहबीच उक्त एम्बुलेन्सको उदघाटन गरिएको हो ।

उद्घाटन समारोहमा बोल्दै नेता अरगरियाले उक्त क्षेत्रका जनताहरुको स्वास्थ्यमा कुनै किसिमको सम्झौता नगरिने बताए । समस्या परेको वेलामा सहज उपचारको लागि समेत सामुदायिक एम्बुलेन्सले २४औं घण्टा यहाका जन्तालाई सेवा दिने प्रतिबद्धता जाहेर गरेका छ ।

उक्त एम्बुलेन्स नेपाल सरकारको राजश्व छुटमा सँचालन भएको हो ।अहिले पनि विभिन्न अस्पतालद्धारा एम्बुलेन्स संचालित छ , तर राती १२ बजेपछि फोन गर्दा एउटा एम्बुलेन्स नै उपलब्ध हुँदैन, कोही फोन पनि उठाउँदैन, यस्तो अवस्थामा यस संस्थाबाट संचालनमा आएको एम्बुलेन्सले २४ सै घण्टा तैनाथ रहनेगरी चालक राखेका छौँ ।


जतिसुकै बेला पनि हाम्रा क्षेत्र , नगर जनताले सास्ती भोग्न नपरोस् । यश ॐ शक्ति अनुसन्धान केन्द्र संस्थाले क्षेत्र , नगरको जनताप्रति नै समर्पित अध्यक्ष रोहिताले बताए ।