जनकपुरका युवाहरु द्वारा चार दर्जन वृक्षारोपण गरे

जनकपुरधाम : आज विश्व वातावरण दिवसको अवसरमा जनकपुरको रेल्वे स्टेशन वडा प्रहरी कार्यलयमा वृक्षरोपण गरिएको छ।

बुधबार युवा नेता रबिन्द्र अरगरियाको नेतृत्वमा विभिन्न प्रजातिका करिब चार दर्जन बोट बिरुवा जनकपुरधाम उपमहानगरपालिका २ स्थित रहेको वडा प्रहरी कार्यलयका प्रहरी नायक उपरीक्षक रामजिवन प्रसार कुर्मिको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा युवा नेता बिनोद रोहिता,रुपेश यादव,उमेश कुमार यादव ,सिबेन्द्र यादव, प्रमोद अधिकारी , प्रहरी हवल्दार अजय श्री वास्तव ,प्रहरी जवान श्याम यादव ,प्रहरी जवान जितेन्द्र पासमान उपस्थिति रहेको थिए।