पुनित पासमान , मलेसिया : विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघले रमदानको अवसरमा मधेशी मिलन कार्यक्रम सम्पन्न भएको छ।

बिहिवार एनआरएमए मलेसियाको कोलालामपुरमा मधेशी मिलन कार्यक्रमको आयोजना गरेको अन्तर्राष्ट्रिय सदस्य कप्लेश्वर यादवले बताए।

कार्यक्रम इस्लाम धर्मावलम्बीहरुको पवित्र रमजानका अवसरमा मलेसियामा रहेका करिब ७५ जना मधेशीहरु कार्यक्रममा उपस्थिति रहेका थिए।

उक्त कार्यक्रममा एनआरएमए मलेसियाका अध्यक्ष मनटू पालको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थिए। त्यसैक्रममा रमदानको शुभकामना दिदै सम्पूर्ण मधेशीलाई एकीकृत भएर एकआपसमा सहयोग गर्न आग्रह गरे ।मधेशको पहिचान , धार्मिक र सांस्कृतिक धरोहरलाई संरक्षण गर्ने काम पनि एनआरएमएले गर्दै आएको पालले बताएका थिए।

मधेशी जनताको जनचाहना अनुसार जनमत पार्टी स्थापना भएको हुनाले अब कि बार जनमत कि सरकार जस्ता नारा समेत गुन्जेका थिए।यस संस्था लाई मधेशीहरुको सब भन्दा ठूलो छाता संगठन बनाउने संकलपको साथ कार्यक्रम समापन भएका थिए।