मधेशीले चलाए कतारमा एक दिवसीय किक्रेट टुर्नामेंट

राकेश मैथिल, कतार । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ(एनआरएमए) कतारले एक दिवसीय क्रिकेट टूर्नामेंट बुधबार सम्पन्न भएका छन।

टुर्नामेन्ट बरवासिटीको कम्पाउन्डमा भएको खेलमा जम्म ७ टिम भाग लिएका थिए । बरवासिटी, सनैया ३८, ग्रैंड मॉल, अबुनखला पेट्रोल पम्प, वाक्रा, अल थुमामा र दोहा क्रिकेट टीमको सहभागिता रहेको थियो । सेमीफ़ाइनलमा ग्रैंड मॉल र सनैया ३८ बीचको खेलमा सनैया विजय भएको थियो।

अल थूमामा र दोहाबीचको खेलमा अल थूमामाले जित हात पारेको थियो। फाइनलमा अलथुमामा र सनैया ३८ पुगेका थिए। फाइनलमा अलथुमामाले जित हात पार्दै सनैया ३८ टिम दोस्रो भए। प्रतियोगितालाई सफल बनाउन बरवा सिटीका संजीत कुमार दास, बिनोद कुमार साह तथा एनआरएमएका सदस्यहरूले सहयोग गरेका थिए।

गैर आवासीय मधेशी संघले विश्वभर रहेका मधेशीहरुलाई संगठित गरी मधेशको सांस्कृतिक, धार्मिक, पहिचान एव खेलकूद सम्बन्धी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।