नगरपालिकामा विद्यार्थीले गरे तालाबन्दी, मेयरको आदेशमा दुई विद्यार्थी प्रहरी नियन्त्रणमा

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको कार्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेपछि दुई विद्यार्थी प्रहरी नियन्त्रणमा अवस्था तनावग्रस्त भएको छ।

विदेह नगरपालिका वडा नं. ६ तिनकौरिया चोक स्थित रहेको श्री जनता नमूना माध्यमिक विद्यालय गिद्धा बेलापट्टिका विद्यार्थीहरुले तीन बुंदे माग राख्दै नगरपालिका कार्यालयको मुख्यद्धार र कार्यालयको विभिन्न कोठामा ७ ओटा ताल्चा लगाएर तालाबन्दी गरेका थिए।

पटक पटक नगरपालिकाका जनप्रतिनीधि र विद्यालयका प्रधानाध्यापक पवन मण्डलबीच तनाव तथा विवाद हुँदै आएकोमा शुक्रबार विद्यार्थीहरुले नै नगरपालिका कार्यालयमा तालाबन्दी गरेपछि अवस्था उग्ररूप लिएका थिए ।

प्रहरी चौकी तिनकौरियाका सहायक प्रहरी नीरिक्षक (सई) संजीप पाण्डेका अनुसार विद्यार्थीहरुले मावि गिद्धाबेलापट्टिका प्रअ (हेडमास्टर) पवन मण्डललाई गरेको सरुवा बदर गर्न र छात्रवृत्तिको रकम विद्यार्थीमा बढ्नुपर्ने तथा विद्यालयको नाममा आएको रकम विद्यालयको खातामा हाल्नुपर्ने माग राखेर उनीहरु नगरपालिका कार्यलयमा तालाबन्दी गरेका हुन् ।

विद्यालयको विकासको लागि तथा विद्यार्थीहरुको छात्रवृति सहित विभिन्न शिर्षकको लागि नगरपालिकाको खातामा रकम आएपछि अहिलेसम्म विद्यालयको खातामा नदिएको कारण सेवासुविधाबाट विद्यार्थीहरु बञ्चित भएको भन्दै तत्कालै विद्यालयको खातामा रकम दिनुपर्ने भन्दै तालाबन्दी गरेको हो ।

नगरपालिका मेयर बेचन दासले प्रअ मण्डलसँगको विवादबीचमा विद्यार्थीहरु पिसिएको भन्दै विद्यार्थीहरुले आफूहरुको सेवासुविधाबाट बञ्चित गर्ने अधिकार कसैको नरहेको भन्दै नगरपालिका कार्यालयको मुख्य गेट सहित कार्यालयमा पनि तालाबन्दी गरेको हो ।

प्रअ मण्डललाई अवैद्यानिक तथा स्थानीत तहको कानुन विपरित काज सरुवा गरेको भन्दै विद्यार्थी तथा उनका अभिभावकहरु विरोध गर्दै आएका छन् । नगरपालिकामा गरिएको तालाबन्दी खुलाउनको लागि विद्यार्थीहरुको माग उपर छलफल नगरी नगरपालिकामा लगाएको ताल्चा भाचेको छ।

यस सन्दर्भमा विद्यालयका प्रधानाध्यापक पवन मण्डलसँग कुराकानी गर्दा भने हामी ६ दिनकालागी काठमाडौमा एक कार्यक्रममा सहभागी हुन गएका थिए। तर मेयर दासले हामलाई चुपैचाप कागजी सरूवा गरेपछि विद्यार्थीहरु आक्रोशित भएका छन् । विद्यालयमा भोतिक पुर्वाधार निर्माणका लागि ४ करोड भन्दा बढी बजेट आएको र मेयरले ३० % प्रतिसत कमिशन माग्दा नदिने बताएपछि आफुलाई सरुवा गरेको प्रधानाध्यापक पवन मण्डलले गुनासो गरेका थिए।

उनले सरूवा गरेको आधिकारिक पत्र भने नदिएको बताउँछन् । उनका अनुसार मेयर दासले कर्मचारीको तलब र विद्यार्थीको छात्रवृत्ति रकम समेत रोकेका छन् ।

यता त्यही विद्यालयका एक विद्यार्थीले भने ” हामीहरु नगरपालिकामा तालाबन्दी गरे पछि पुन विद्यालयको प्राङ्गणमा जादा खेरी हामीहरु माथी मेयरको आदेशमा प्रहरीले लाठीचार्ज गरेर भगमभाग अवस्था बनाएका थिए ।त्यसैक्रममा विद्यार्थी नेता प्रेम यादव र संजिप यादवलाई मेयरको आदेशमा प्रहरीले पक्राउ गरेका थिए ।त्यसपछि विद्यार्थी र प्रहरी बिच झडप पनि भएका थियो ।

पक्राउ परेका दुबै जनालाई तत्कालै रिहा गर्नु पर्ने माग लिएर विद्यार्थी र अभिभावकले प्रहरी चौकी गिद्वा बेलापट्टीमा पुगेका थिए।त्यहाँ प्रहरी ती दुबै जना विद्यार्थीलाई रिहा गर्न न माने पछि प्रहरी विरुद्ध नै आन्दोलन गरे पछि दुबै जना विद्यार्थीलाई रिहा भएको विद्यार्थी नेता श्याम पासमानले बताएका छन।