जनकपुरधाम : नेपाल सरकारले नमूना विद्यालय घोषण गरेको  धनुषाको विदेह नगरपालिका ६ स्थित रहेको श्री जनता नमूना  माध्यमिक विद्यालयका विद्यार्थीहरु आन्दोलित बनेपछि झडप भएका छन।

आइतबार बिदेह नगरपालिको कार्यालयमा विद्यार्थीहरुले घेराउ गरे पछि मेयर बेचन दासको पक्षका यूवाहरुबीच झडप भएका थिए । झडपका क्रममा दर्जनौं विद्यार्थी घाइते भएका छन् । मेयर बेचन दासले बाहिरबाट  गुण्डा बोलाए विद्यार्थीहरुलाई कुटपिट गरेको अभिभावकहरुले आरोप लगाएका छन ।

त्यसैगरी झडपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधेकृष्ण गोइत, विदेह नगरपालिका वडा नम्बर १ का अध्यक्ष विनोद गोहितमानलाई समेत चोट लागेको बुझिएको छ । घटनास्थलमा प्रहरी रहेपनि उल्टै मेयरका लठैतहरुलाई सहयोग गरेको विद्यार्थीहरुको आरोप छ ।

शुक्रवार पनि विद्यार्थीहरुले नगरपालिकामा तालाबन्दी लगाउँदा प्रहरीले लाठी चार्ज गरेका थिए । तालाबन्दी प्रहरीले फोडेपछि पुनः आज विद्यार्थीहरु नगरपालिका घेराउ गरेका थिए। साथै हुलाकी राजमार्ग स्थित रहेको तिनकौरिया चौकमा टाइरबारे २ घण्टा सडक अवरुद्ध गरेर मेयर दास विरुद्ध चर्को नाराबाजिको साथै प्रदर्शन समेत गरेका छन । त्यसपछि मेयर पक्षका व्यक्तिहरु पुग्दा झडप भएको स्थानीयले जनाएको छ ।

मेयर दासले शिक्षकको तलब,ओ छात्तबृत्ति रकम र विद्यालय नमूना घोषणा भएपछि आएको बजेट रोकेर राकेपछि विवाद सृजना भएको हो ।निजि श्रोतका शिक्षक नौं महिना र दरबन्दी थाई शिक्षक ४ महिना देखि तलब नपाएको भन्दै शिक्षकले पठनपाठन थप भएपछि विद्यार्थी आक्रोसित भएर मेयर विरुद्ध आन्दोलन गरिएको छ।