शिक्षकले तलब नपाएको भन्दै ,आन्दोलनको घोषणा

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका वाड न.६ स्थित श्री जनता नमूना माध्यमिक विद्यालयका शिक्षकले तलब नपाएको भैन्दै आन्दोलनको घोषणा गरेका छ्न।

बिहीबार एक कार्यक्रम बिच शिक्षकहरु छलफल गरि
आन्दोलनका कार्यक्रम समेत सर्वजानिक गरेको छ।
अन्य सामुदायिक बिद्यालयका शिक्षकहरुले तलब पाईसकेको तर श्री जनता नमूना माद्यामिक विद्यालयका शिक्षकहरुलाई भने उपेक्षा गरिएको एक शिक्षकले बताए ।

त्यसैगरी विद्यालयका निजि श्रोतका शिक्षक ७ महिना देखि र दरबन्दी थाई शिक्षकले ४ महिना देखि तलब नपाएको बिषयमा बिदेह नगरपालिकाका प्रमुख बेचन दासलाई पटक पटक आग्रह गर्दा नगर प्रमुख दासले २०७६ जेठ २१ गते एक हप्ता भित्रै शिक्षकको समस्या समाधान गर्छु भन्ने
आश्वासन दिए पनि समयसिमा बितिसक्दा समेत शिक्षकको समस्यामा प्रमुख दास गम्भीर नभएको शिक्षकहरुको आरोप रहेको छ ।

बिगत लामो समयदेखि विद्यालयकोखाता बन्द रहेकोले बिवाद समाधान गरि विद्यालयको खाता फुकुवा गरि आफुहरुको तलब यथाशीघ्र उपलब्ध गराउन आग्रह गर्दै यदि त्यसो नभएमा आन्दोलनमा उत्रन बाध्य हुने शिक्षकहरुले चेतावनी दिएका छन् ।

यता शिक्षकहरुले आन्दोलनको कार्यक्रम सर्वजानिक गरेको छ। मिति : २०७६ असार ३ गते कालोपट्टी बाँधेर शिक्षण गर्ने , असार ४ गते एक घण्टी पेन डाउन गर्ने र असार ५ गतेदेखि तलब भुक्तानी नभएसम्म पेन डाउन गर्ने कार्यक्रम तय भएको प्राध्यापक पवन मण्डलले बताएका छ्न।