जनकपुरधाम :जिल्ला युवा सञ्जाल धनुषाले मासिक युवा छलफल शृङखला सुरु गरेको हो।जनकपुरमा रहेको युवाहरुको समस्या चुनौती र अवसरहरुको विषयमा गहन छलफल गरेका हुन।

शनिबार नेपाल परिवार नियोजन संघ धनुषाको सभा कक्षमा आयोजना गरेर मासिक युवा छलफल शृङखला कार्यक्रमको प्रथम शृंखला सुरु गरेका थिए।त्यसैगरी अब प्रत्येक महिनाको अन्तिम शनिबार युवा छलफल कार्यक्रम आयोजना हुने सञ्जालका अध्यक्ष धिरज साहले जानकारी दिए।

प्रत्येक छलफल कार्यक्रममा एकजना बौद्धिक वर्गका व्यक्तिलाई उपस्थिति गराएर युवाहरुको समस्याको बारेमा वृहत् रुपमा छलफल गरेर त्यसलाई न्यूनीकरण कसरी गर्ने,कुन तरिकाले गर्ने समाजमा युवाको भुमिका कस्तो हुनुपर्छ भन्ने सबै विषयमा छलफल गरिने बताएका छन।

उक्त कार्यक्रममा प्रमुख वक्ता युवा अभियन्ता अशोक साह रहेको थिए। कार्यक्रममा नेपाल परिवार नियोजन संघको केन्द्रिय सदस्य जमुना भुजेल,सञ्जालका पुर्व अध्यक्ष बटुक नाथ झालगाइत विभिन्न युवा,विद्यार्थीहरु सहभागी थिए।

त्यसैगरी जिल्ला युवा सञ्जाल धनुषाले आउदो शनिबार असार ७ गतेको विश्व रक्तदान कार्यक्रम गर्न लागेको सञ्जालका महासचिव कुलदिप साहले बताएका छन।